And the things that thou hast heard of me among many witnesses, the same commit thou to faithful men, who shall be able to teach others also.
2 Timothy 2:2
Sancho Shanti Baptist Church,
Kathmandu, Nepal
होप ब्याप्टिष्ट कलेजले मलाई बाइबलको गहिराइमा गएर अध्ययन गर्ने तरिका सिकाएको छ । साथै बाइबलको शिक्षा र सिद्धान्तहरूको महत्त्व बुझ्न र झूटा शिक्षाको विरोधमा खाँटी शिक्षाको अडान लिन मैले सिकेको छु । जीवनका धेरै क्षेत्रहरूमा यो मेरो निम्ति आशिष भएको छ । एक युवा भएर कसरी बुद्धिमानीपूर्वक एक असल उदाहरणीय ख्रीष्टियान जीवन जिउने भन्ने कुरा पनि सिक्न पाएको छु । यस कलेजले मलाई जहिले पनि येशू र बाइबलतर्फ हेर्न सिकाएको छ । आज म त्यही येशू र बाइबललाई हेरेर अगाडी बढिरहेको छु जसले गर्दा आत्मिक रूपमा अगाडि बढ्न, गलत नगर्न र धेरै ठूलो दुर्घटनाबाट मलाई जोगाएको छ । यी सबैको निम्ति परमेश्वरलाई, होप ब्याप्टिष्ट केलजलाई र सबै शिक्षकहरूलाई धन्यवाद भन्दछु ।
Berea Baptist Church
Kathmandu, Nepal
सर्वप्रथम म परमेश्वरलाई धन्यवाद दिन्छु, जसले मलाई होप ब्याप्टिष्ट कलेजमा अध्ययन गर्ने अवसर दिनुभयो । साथै यस कलेजका अध्यक्ष र यहाँका शिक्षकहरूलाई पनि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु जसले मेरो जीवनमा ठूलो परिश्रम र आत्मिक लगानी गर्नुभयो । विगत्का दिनहरूलाई फर्केर हेर्दा, मैले यस कलेजमा एउटा विद्यार्थी भइ अध्ययन गरिरहँदा, यहाँ मैले परमेश्वरको वचनको सत्यतालाई ठीक-ठीकसँग छुट्ट्याउने, तालिम लिने र आफ्नो सेवाकाइको निम्ति आफैलाई तयार पार्ने मौका पाएको छु । दीक्षान्तलगतै आज परमेश्वरको सेवामा प्रत्यक्ष रूपमा लाग्न पाएकोमा म खुशी छु र यस कलेजको लागि परमेश्वरलाई महिमा दिन चाहन्छु ।
Hetauda Bethel Baptist Church
Makawanpur, Nepal
मैले यस कलेजमा परमेश्वरबाट धेरै आशिष पाएको छु । होप ब्याप्टिष्ट कलेज बाइबलको खाँटी शिक्षाहरू सिकाउने र सिक्ने एउटा माध्यम वा ठाउँ हो । मैले पनि यस कलेजमा बाइबलीय खाँटी शिक्षाहरू सिक्न पाउँदा धेरै आशिष पाएको छु ।
Calvary Bible Baptist Church
Kathmandu, Nepal
यस कलेजमा एउटा विद्यार्थी भएर अध्ययन गर्ने अनुमति पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो आशिष हो । यसको कारणले गर्दा मैले बाइबललाई अझै ठीकसँग बुझेर छुट्ट्याउन सकेको छु । साथै मेरो हरेक समय परमेश्वरमा भरोसा राख्दै अघि बढ्न पाएको छु ।
Taplejung, Nepal
यस बाइबल कलेजलाई मेरो जीवनको अमूल्य आशिषहरूमध्येमा राख्दछु, किनभने मैले यस कलेजमा आएर नै साँचो मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई चिनेर विश्वास गर्न पाएँ । साथै परमेश्वरले दिनुभएको वचनअनुसार जीवनलाई परिवर्तन गर्न पाएँ । मैले यस कलेजबाट शिक्षागत रूपमा, साथै व्यवहारिक रूपमा परमेश्वरको वचनलाई अभ्यास गर्न पाएँ । मेरो जीवनमा यस बाइबल कलेज ठूलो आशिष बनेको छ ।
Kathmandu Baptist Church 'Ebenezer'
Kathmandu, Nepal
म काठमाडौं ब्याप्टिष्ट चर्च 'एवेनेजर' को सदस्य हुँ । म होप ब्याप्टिष्ट कलेजको दीक्षित विद्यार्थी हुँ । मैले यस कलेजमा रहँदा धेरै आशिष पाएँ । जब म कलेजमा आएँ तब मैले प्रभुको सामु आफ्ना पापहरूलाई मानिलिएको त थिएँ, तर बाइबलीय आधारभूत खाँटी शिक्षाको ज्ञान भने ममा थिएन । असल बाइबलीय खाँटी शिक्षा/सङ्गीत (तीतस १:९), मुक्तिको निश्चयता र विश्वासमा स्थिर रहन (कलस्सी २:६-७), अलगपनता, व्यवहारिक शिक्षा र बाइबलीय जीवन जियाइको विषयमा मैल सिक्न पाएँ । याकूब १:११
ChristChurch, NewZeland
यस कलेजमा रहेर परमेश्वरको वचनको अध्ययन गर्दा धेरै आशिषहरू पाएको छु, जसले गर्दा आज मैले परमेश्वरमा ठूलो साहस, बल र सहायता पाएको छु । सर्वप्रथम बाइबलीय क्रमहरू बुझ्न पाएँ, बाइबलीय अर्थहरू बुझ्न पाएँ, बाइबलको शब्द-ज्ञानहरू जान्नाले बाइबलको सही अर्थ खोल्नमा सहायता मिल्यो । यसैको कारण आज उहाँको वचनअनुसार जिउन ठूलो सहायता मिलेको छ । परमेश्वरलाई महिमा होस् ।
Calvary bible Baptist Church
Kathmandu, Nepal
I am thankful to God who allowed me to attend Hope Baptist College. I am also thankful to our teachers who taught us Bible doctrines deeply. Hope Baptist College helped us to develop our personal relationship with God. I am very blessed.
Nawa Jiwan Baptist Church
Saptari, Nepal
बाइबल कलेजको अध्ययनले मेरो जीवन नै परिवर्तन गरेको छ । मैले मुक्ति त पाएको थिएँ तर असल ख्रीष्टियान जीवन चाहिँ जिइरहेको थिइनँ । तर यस कलेजबाट मैले मुक्तिको निश्चयता, परमेश्वरको भय, आज्ञापालन, परमेश्वरको इच्छा, पवित्रता, सत्यता, मण्डली, परिवार, समाज, देश, असल ख्रीष्टियान जीवन जिउने सम्बन्धमा धेरै बाइबलीय ज्ञान पाएँ जो अन्त कतै म सिक्न सक्दिनथें ।
Kafaldanda Baptist Church
Lalitpur, Nepal
मैले ई.सं. २०१७ मा यस होप ब्याप्टिष्ट कलेजबाट दुई वर्षको बाइबल अध्ययन पूरा गरेको थिएँ । यस बाइबल कलेजबाट मैले थुप्रै आशिषहरू पाएँ । तर सबैभन्दा महत्वपूर्ण कुरा, बाइबलका खाँटी शिक्षाहरू अध्ययन गर्न अनि बाइबललाई राम्रोसँग बुझ्न पाएँ । यस बाइबल कलेजले मलाई प्रभुको वचनमा खारिन र प्रभुमा आफ्नो दान र बोलावटलाई पक्का गर्न मद्दत गरेको छ । म काफलडाँडा ब्याप्टिष्ट चर्चमा पूर्णकालीन् सेवकको रूपमा आबद्ध छु ।
Kathmandu Baptist Church 'Ebenezer'
Kathmandu, Nepal
जय मसीह । परमेश्वरको अनुग्रहद्वारा मैले ई.सं. २०१५ - १७ को अवधिमा यस होप ब्याप्टिष्ट कलेजमा परमेश्वरको वचन अध्ययन गर्ने अनमोल अवसर प्राप्त गरें । अध्ययन अवधिभर मैले पवित्र आत्मा परमेश्वर र आत्मिक शिक्षाहरूद्वारा उहाँको वचनबाट अमूल्य तथा खाँटी सत्यता र शिक्षाहरू हासिल गरिकन परमेश्वरको सेवा गर्नको निमित्त सैद्धान्तिक र व्यवहारिक दुवै तवरले पूर्ण रूपमा सुसज्जित हुन अवर्णनीय अनुग्रह पाएँ ।
Berea Baptist Church
Kathmandu, Nepal
होप ब्याप्टिष्ट कलेज एउटा यस्तो ठाउँ हो, जहाँ परमेश्वरको वचनलाई ठी-ठीकसँग छुट्याउन, एउटा नयाँ विश्वासीलाई परमेश्वरको इच्छा अनुसार हिँड्न तालिम लिने सकिने ठाउँ हो । मेले यस केलजबाट धेरै आशिषहरू प्राप्त गरेको छु । २ तिमोथी २:१५ ले भनेझैँ मैले यस कलेज अध्ययन पश्चात् परमेश्वरको वचनलाई ठीक-ठीकसँग छुट्याउन सक्ने भएको छु । परमेश्वरले मलाई यस केलेज मार्फत् दिनुभएको आशिषहरूको निम्ति र यस कलेज परिवारले मेरो आत्मिक जीवनमा गर्नुभएको लगानीको निम्ति म परमेश्वरलाई धेरै धन्यवाद दिन्छु ।